YouTube Link

भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको शानदार जित

Facebook Link

एजेन्सीः घरेलु टोली भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । मुम्बईमा भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो । भारतले दिएको २५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले अविजित रहदै शतकीय इनिङ्स खेले । वार्नरले अविजित १ सय २८ रन जोड्दा फिन्चले अविजित १ सय १० रन बनाए । करियरको १८ औं एकदिवसीय शतक बनाउने क्रममा वार्नरले १ सय १२ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । फिन्चले १ सय १४ बलमा १३ चौका र ३ छक्का प्रहार गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै लोकेश राहुलले ४७ ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५ , कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्ड्सनले समान २/२ विकेट हात पारे । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...