YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरु हुँदैछन् । लिगको दशौ खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ । त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगको पहिलो खेलमा सरस्वती युथ क्लबले एनआरटीसंग ४–० को फराकिलो हार ब्यहोरेको थियो । पहिलो खेलमै फराकिलो अन्तरले पराजित सरस्वतीले लिगको दोस्रो खेलमा दबाब महशुश गरेको छ । सरस्वती जस्तै एनआरटीले लिगमा शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो तर पहिलो खेलमै स्तब्ध बनेपछि सरस्वतीले दबाब महशुश गरेको छ । यस्तो अवस्थामा सरस्वतीले जावलाखेल युथसंग प्रतिस्पर्धा गर्दैछ । दुबै क्लब स्पष्ट तीन अङ्क जोड्ने लक्ष्य सहित मैदान उत्रने तयारी गरेका छन् ।

यता न्युरोड टिम एनआरटीले लिगको पहिलो खेलमै प्रभाबशाली जित निकालिसकेको छ । राष्ट्रिय टिम समेत हेरिसकेका राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले सरस्वती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो खेलमै सुखद सुरुवात गरेको एनआरटीले आज गत सिजनको लिगको उपविजेता संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा च्यासलसँग हारेको संकटा अंक जोड्ने लक्ष्य सहित मैदान उत्रन चाहन्छ । लिगको सुरुको खेलमा बिदेशी खेलाउन नपाएको संकटा एनआरटीविरुद्व विदेशी कोटाका खेलाडी उतार्ने योजनामा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...