YouTube Link

मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौंमा

Facebook Link

काठमाडौं: नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौं आईपुगेको छ । नेपाल र बंगलादेशबीच यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् ।

दशरथ रंगशालामा २२ महिनापछि अन्तर्राष्ट्रिय फुटबल आयोजना हुन लागेको हो । नेपालले र बंगलादेशले भने सन् २०२२ पछि मैत्रीपूर्ण खेल्न लागेका हुन् । यसअघि बंगलादेशको नेपाल भ्रमण अनिश्चित रहेपनि उसले साफ गोल्डकप नखेल्ने निर्णय गरेर नेपालसँगको मैत्रीपूर्ण खेलका लागि स्वीकार गरेको छ ।

दुबै टोलीले मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेका छन् । इङ्लिस च्याम्पियनसिप क्लब लेस्टर सिटीका हम्जा चौधरी भने टिममा छैनन् । नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ खेल भएका छन् । त्यसमा नेपालले बंगलादेशलाई १३ पटक हराएको छ भने तीन पटक बराबरी भएको छ । बंगलादेशका लागि पनि नेपालविरूद्धको खेल महत्वपूर्ण छ किनभने उसले पनि एएफसी एसियन कपको छनोटका लागि तयारी गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...