YouTube Link

आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ

Facebook Link

काठमाडौं: आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ हुने भएको छ । गुठी संस्थानले बुधबार पत्रकार सम्मेलन गरी बिहीबार गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौं उपत्यकामा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ हुने जानकारी दिएको हो ।

 

संस्थानका अनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ । सो पश्चात २६ गते बेलुका १०:३२ बजे इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ । इन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा सुरू गरिएको थियो । सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो । उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको गुठी संस्थानले जानकारी दिएको छ ।

 

इन्द्रजात्राको लिङ्गो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरूको जिम्मेवारी हुनेछ भने इन्द्रजात्रामा सम्पादन गरिने कार्यको सम्पूर्ण व्यवस्थापन तथा नेतृत्व गुठी संस्थानले गर्दै आएको छ । इन्द्रजात्राको सन्दर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाइन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...