YouTube Link

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

Facebook Link

काठमाडौं: एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई उज्बेकिस्तानसँगको खेलमा बराबरीको नतिजाले पर्याप्त नहुने भएको छ । बुधबार सम्पन्न समूह ‘एफ’को दोस्रो खेलमा घरेलु टोली उज्बेकिस्तानले लाओसलाई ७-० ले हराएसँगै खेल जटिल मोडमा पुगेको हो । नेपालले पनि बुधबार नै भएको खेलमा श्रीलंकामाथि ८-० को जित निकालेको थियो ।

 

योसँगै अपराजित रहेका नेपाल र उज्बेकिस्तानले समान २ खेलबाट ६ अंक पुर्‍याएका छन् । दुवै टोलीको गोलअन्तर पनि समान १७ रहेको छ । लाओस र श्रीलंका भने एक अगाबै प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो । उज्बेकिस्तानले भने श्रीलंकामाथि १०-० को जित निकालेको हो । एएफसीको नियमअनुसार दुई टोलीको समान अंक र गोल भएमा अस्ट्रेलिया पुग्ने टोलीको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिने छ ।

 

गोल गरेको र गोल खाएको गोलको मूल्यांकन गर्दै शीर्ष स्थानको निर्धारण गरिनेछ । तर, सबै पक्षमा समान भए सिधै पेनाल्टी सुटआउटबाट एसियन कपमा पुग्ने टोलीको निर्धारण गरिने छ । यदि शनिबार उज्बेकिस्तान र नेपालबीच हुने खेल बराबरीमा सकिना साथ पेनाल्टी सुटआउटमा जाने छ । त्यसैले यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

 

 

यसैबीच ऋतुपोर्णा चक्माको दुई गोलसँगै बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ । बुधबार याङगुनको थुवुन्ना रंगशालामा भएको समूह ‘सी’ को दोस्रो खेलमा बंगलादेशले म्यानमारलाई २-१ गोल अन्तरले हराएको छ । यो जितसँगै बंगलादेश २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अब शनिबार समूह चरणको अन्तिम खेलमा तल्लो वरीयताको तुर्कमेनिस्तानविरुद्ध खेल्नेछ । अर्कोतर्फ म्यानमारको ३ अंक छ । अब उसले शनिबार बहराइनसँग खेल्नेछ । हालसम्म एएफसी महिला एसियन कपमा कहिल्यै सहभागी नभएको बंगलादेशका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...