YouTube Link

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

Facebook Link

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको २ गोलमा स्पेनले बिहीबार फ्रान्सविरुद्ध ५-४ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । स्पेनले पोर्चुगलसँग फाइनल खेल खेल्नेछ ।

 

१७ वर्षीय बार्सिलोनाका फरवार्ड यामालले स्टुटगार्टमा स्पेनका लागि २ गोल गरेका हुन् । फ्रान्सले अन्तिम ११ मिनेटमा ३ गोल गर्दै खेलमा रोमाञ्चक पुनरागमनको प्रयास गर्‍यो । यद्दपी त्यो सफल भएन । स्पेनले अग्रता जोगायो । अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् । फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

 

निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-० ले अगाडि बढाए । खेलको ५४औं मिनेटमा यामालले पेनाल्टीमा गोल गरे । आद्रिएन राबिओले आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टी यामालले गोल गरेका हुन् ।

 

खेलको ५५औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल त्यसपछि ५९औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरे । पेड्रो पोर्रोको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको हो । तर यामालले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको पाँचौं गोल गोल गरेपछि खेल लगभग सकिएको जस्तो देखिन्थ्यो ।

 

तर फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्युमा एमबाप्पेको पासमा समातेर बल २० यार्डबाट भलीमा शानदार गोल गरे । स्पेनी डिफेन्डर डानी भिभियनले ८४औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बन्यो । अतिरिक्त समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेड गर्दै गोल खेललाई ५-४ को रोमान्चक अवस्थामा पुर्याए । तर फ्रान्स बराबरी गोल गर्न सकेन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...