YouTube Link

मकालु हिमालमा ट्राफिक नियम !

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै ‘सुरक्षित उपत्यका’ बनाउने अभिप्रायका साथ समाजका सरोकारवाला सबै पक्षको साथ-समर्थन र प्रतिबद्धतासहित  ‘लागूऔषधविरुद्धको महाअभियान’ जोडतोडका साथ सञ्चालन गरेर चर्चामा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयलले ट्राफिक दूर्घटनामा न्यूनीकरण गर्न थप अर्को तरिका अवलम्बन गर्दै मकालु हिमालमा ‘ट्राफिक नियमको पालना गरौं, दूर्घटनाबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने ब्यानर फहराएर विश्वलाई ट्राफिक सचेतनासम्बन्धी सन्देश दिएकी दाबुटी शेर्पालाई सम्मान गरेको छ ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा लागूऔषधविरुद्धको महाअभियानका रोल मोडल प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा ‘मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम’ सँगै आरोही दाबुटीलाई सम्मान समेत गरिएको हो । विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमाल ८४८५ मिटरमा फहराइएको ‘ट्राफिक नियमको पालना गरौं, दूर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर आरोही दाबुटीले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाङलाई सोही कार्यक्रममा हस्तान्तरण गरिन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर आरोही दाबुटी शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराएकी थिइन् ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालनासम्बन्धी सन्देश विश्वसामु पुर्‍याएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गरे । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दूर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उनले व्यक्त गरे । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा मायाको चिनोद्वारा सम्मानसमेत गरेका थिए । त्यस क्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभवसहितको मन्तव्य व्यक्त गरेकी थिइन् भने दाबुटीको जीवनी र हिमाल आरोहणसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...