YouTube Link

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

Facebook Link

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै फोर नेसन्स वुमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको आजको खेलमा तुलनात्मक रुपमा कमजोर देखिएको कीर्गिस्तान विरुद्ध नेपालले खेलमा दबाब बनाएपनि संघर्षपूर्ण जित निकालेको हो ।

 

 

६ वर्षअघि घरेलु मैदान कीर्गिस्तानमा ८-२ गोल अन्तरको सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि नेपालको घरेलु मैदान दशरथ रंगशालमै टक्कर दियो । कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग नेपालले १-० को नतिजामै चित्त बुझायो ।

 

 

नेपालको जितमा विमला चौधरीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपालले धेरै अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ४३औं मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो । रिबाउन्डमा सविताको प्रहार फेरि क्रसबारमा लाग्यो । त्यसको रिबाउन्डमा रेखा पौडेलको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिइन् ।

 

 

खेलको दोस्रो हाफको सुरुवातमा डिफेन्डर विमला विकेको ठाउँमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ मैदान प्रवेश गरिन् । संघर्षपूर्ण खेलको ५३औं मिनेटमा रेखाको क्रसमा विमलाले हातले गोल गरेपछि उनी पहेंलो कार्ड खान पुगिन् । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा विमलाको गोल नै निर्णायक बनेर नेपाल १-० को जित निकाल्दै ३ अंक जोडेको छ । खेलमा प्रीति प्लेयर अफ दि म्याच घोषित भइन् ।

 

 

अब नेपालले फागुन ८ गते बिहीबार लेबनानसँग खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ । राउन्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालमा पहिलोपटक आयोजना भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जिते पनि बाँकी खेलमा नेपालले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...