पाकिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित
वि.सं.२०८१ पुस १ सोमवार १६:३५
1.4K
shares
काठमाडौं: यू-१९ महिला एशिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित हासिल गरेको छ । जितसँगै नेपालले २ अंक जोडेको छ । लगातार दोस्रो खेल हारेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।
जितका लागि पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् भने अर्धशतक बनाउनबाट चुकिन् । उनले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा अविजित रहिन् । उपकप्तान सोनी पाख्रिनले १३ रन जोडिन् । साना प्रविनले १० रन तथा सावित्री धामीले ८ रन बनाइन् ।
त्यसअघि मलेशियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान गरिन् । महाम अनिषले नटआउट २९ रन जोडिन् भने रबिल फरहानले २३ रन तथा कप्तान जुफिशान अय्याजले १२ रन बनाइन् । बलिङतर्फ नेपाली कप्तान पूजा महत्तोले २ विकेट हात पारिन् ।
वि.सं.२०८१ पुस १ सोमवार १६:३५



















