ईरान क्लव र क्यालिकट हिरोज तथा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८१ मंसिर २६ बुधवार १०:०३
891
shares
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत आज ईरान क्लव र क्यालिकट हिरोज तथा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेल ईरान क्लव र भारतको क्यालिकट हिरोजबीच हुँदैछ यी दुईबीच खेल दिउँसो २:३० बजे हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदैछ ।
खेलको अंक तालिकामा हेल्प नेपाल स्पोर्ट्स क्लब ५ अंकका साथ शिर्ष स्थानमा छ भने ईरान क्लव ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यसैगरी भारतको क्यालिकट हिरोजको ४ अंक माल्दिभ्सको क्लब एचडीसीको ३ अंक र २ अंकका साथ गण्डकी प्रदेश पुछारमा रहेको छ ।
सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।

वि.सं.२०८१ मंसिर २६ बुधवार १०:०३