YouTube Link

पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

Facebook Link

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स र दोस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सकोबीचमा खेल हुदैछ ।

 

पहिलो खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुरले खेलेका सबै ४ खेल नै जितेर प्लेअफको सम्भावना बलियो बनाएको छ । यस खेलमा पनि जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो ।

 

चार खेल खेल्दै ती जित र एक हारका साथ सुदूरपश्चिम दोस्रो स्थानमा छ । यस खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । पछिल्लो खेलमा भने चितवन राइनोजसँग पराजित भएको थियो ।

 

आज हुने दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्सको सामना गर्दैछ । टियु मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरु हुनेछ । पाँच खेलमा चार मा हार र एक मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि जित हात पारेको लुम्बिनी सोहि लयलाई आज पनि निरन्तरता दिन चाहन्छ । आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । भने, मंगलवार भएको पछिल्लो खेलमा चितवनलाई पराजित गरेको थियो ।

 

तीन खेलमा दुई मा हार र एक मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ । यस खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...