YouTube Link

सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुपर ओभरमा विराटनगर माथि पोखरा एभेन्जर्स विजयी भएको छ । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको खेलमा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् ।

 

सुपर ओभरका लागि पोखरा पहिला ब्याटिङमा उत्रिएको थियो । ५ बल खेलेका रायमोन रिफायरले एक चौका र दुई छक्का प्रहार गरे । पोखराका अर्का ब्याटरले एन्ड्रिज गौसले १ बलमा १ रन जोडे । सुपर ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् ।

 

एन्ड्रिज गौसले तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौँ र छैटौँमा १/१ रनसहित जम्मा १८ रन बनाउन सफल भए । सुपरओभरमा १८ रनको लक्ष्य विराटनगर किङ्सले पूरा गर्न सकेन । विराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपर ओभरको तीन बलमा तीन रन मात्रै हाने । चौथो बल डट रहँदा पाँचौँ बलमा १ रन आयो । छैटौँ बल वाइड हुँदा विराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रन मात्रै ल्याएपछि पोखराले सुपरओभरमा विराटनगरलाई हराउन सफल भयो ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइ म्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...