YouTube Link

चादौर क्लब र क्लब एजडिसी तथा हेल्प नेपाल र गण्डकी भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत आजको पहिलो खेल ईरानको चादौर क्लब र क्लब एजडिसीबीच हुनेछ । यी दुईबीचको खेल दिउँसो २:३० बजे हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बेलुका ५ बजे दोस्रो खेल नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश भिड्ने छन् ।

 

हेल्प नेपालले पहिलो पहिलो उदघाटन खेलमा भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो । पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो बनाए पनि त्यसपछिका दुई सेट २०–२५ र २२–२५ ले लगातार गुमाएको थियो । चौथो सेटमा २६–२४ र अन्तिम तथा निर्णायक सेट १५–१० ले सहजै आफ्नो पक्षमा पार्दै हेल्प नेपालले दुई अंक आफ्नो पक्षमा पार्‍यो ।

 

यता, गण्डकीले भने माल्दिभ्सको एचडिसी क्लबसँग पहिलो र दोस्रो सेट गण्डकीले २५–१८ र २५–२३ ले जितेको थियो । तर, त्यपछिका तीन सेटमा एचडिसीलाई कडा टक्कर दिए पनि गण्डकीले खेलमा पुनरागमन गर्न सकेन । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२० र १३–१५ ले सुम्पिन पुग्यो ।

 

नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन् । प्रतियोगितामा यी चारबाहेक इरानको चादौर क्लबले पनि सहभागिता जनाएको छ । सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन् । त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ । लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन् । दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन् । फाइनल खेल मंसिर २९ गते हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...