YouTube Link

पहिलो खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेलहरु हुदैछ । पहिलो खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ ।

 

लुम्बिनीले सुरुवाती तीन खेलमा हार बेहोरेर दबाबमा छ । आजको खेलमा जित हात नपारे लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सविरुद्धको खेल पनि गुमाएको थियो । जनकपुर भने लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ । जनकपुरले विराटनगर, कर्णाली तथा पोखरालाई पराजित गरेको थियो ।

 

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन तेस्रो खेलमा कर्णालीसँग हारेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...