YouTube Link

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश

Khanepani Dhal
Facebook Link

काठमाडौं: बंगलादेश लगातार दोस्रोपल्ट महिला साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाईनल पुगेको हो ।

 

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले २ गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम १-१ गोल गरे । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् । बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो ।  त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो ।

 

 

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३-० मा पुर्‍याइन् । ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै अर्को गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो ।

 

खेलको ४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन् । ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । ७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७-१ मा पुर्‍याइन् । सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्पत गोल गरेकी हुन् ।

 

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...