रियल म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित

वि.सं.२०८१ कात्तिक ११ आइतवार १०:२६
870
shares
एजेन्सी: ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ । रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले हराउँदै बार्सिलोना शीर्ष स्थानमा छ ।
पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को गोल थपे । बार्सिलोनाका लामिने यामलले ७७औं मिनेटमा र राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि रियल घरेलु मैदानमा पराजित भएको छ । रियलका केलियन एम्बाप्पेको २ गोल अफसाइड भएको थियो ।
११ खेलमा १० जित र एक हारका साथ ३० अंकसहित बार्सिलोना शीर्ष स्थानमा बलियो बनेको छ । समान खेलमा पहिलो हार बेहोरेको रियलको ७ जित र ३ बराबरीका खेल्दै २४ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई ६ अंकले पछि पारेको छ ।

वि.सं.२०८१ कात्तिक ११ आइतवार १०:२६