YouTube Link

शेयर लगानीकर्ताको पैसामा ब्रोकरको हालीमुहाली

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: पछिल्लो समय शेयर बजार निरन्तर उकालो लागिरहेको छ । शेयर बजार उकालो लाग्ने क्रमसँगै नयाँ र पुराना लगानीकर्ताको उत्साह बढेको छ । कारोबार रकमले समेत कीर्तिमानी रेकर्ड आएको छ । बजारमा दिन प्रतिदिन नयाँ लगानी भित्रिन थालेपछि नेप्से सूचक र कारोबार रकममा पनि भारी बृद्धि देखिन थालेको छ ।

 

करीब डेढ महिनाको अवधिमा शेयर बजार सूचक नेप्से ८७० अंक बढिसकेको छ । अर्थात् यो अवधिमा शेयर बजार ४२.३८ प्रतिशतले बढिसकेको छ । लामो समयदेखि १८ सय र २२ सयको बीचमा रोकिएको शेयर बजार एक्कासी उकालो लाग्न थालेपछि बजारमा उत्साह देखिएको हो । यससँगै बजारमा खरिदकर्ताहरू हावी हुन थालेका छन् । बढेको बजारमा ‘प्रोफिट बुक’ गर्नेहरूको पनि उत्तिकै सक्रिय भएको देखिन्छ ।

 

यतिबेला बजारमा ठूला लगानीकर्ताका साथै ब्रोकर कम्पनीहरूको दबदबा बढ्न थालेको छ । ब्रोकर कम्पनीहरूको ध्यान ठूला लगानीकर्तामा केन्द्रित हुँदा साना लगानीकर्ता भने मारमा परेका छन् । उनीहरूले शेयर बेचेको लामो समय बित्दासमेत पैसा पाउन सकेका छैनन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले शेयर कारोबारको राफसाफमा ‘टी प्लस टु’ नीति लागू गरेको लामो समय भइसक्यो । सिडिएसीले २०७७ माघ ११ गते सेयर किनबेच गरेको २ दिनभित्र राफसाफ गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको थियो । तर व्यवहारमा भने लगानीकर्ताले यसको प्रभावकारिता अझै महसुस गर्न पाएका छैनन् । ब्रोकर कम्पनीहरुबाटै हुने ढिलाईका कारण पनि ‘टी प्लस टू’ व्यवहारिक रुपमा लागू हुन सकेको देखिँदैन ।

 

सिडिएसीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ६३ लाख ६० हजार नाघिसकेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या ५४ लाख १६ हजारभन्दा बढी भइसकेको छ । सेयरको दोस्रो बजारमा ३६ लाख ६० हजारभन्दा बढी लगानीकर्ता सक्रीय देखिन थालेका छन् । बजार बढेसँगै प्राथमिक बजारमा रहेका लगानीकर्ताहरू पनि ‘मौकामा चौका’ छोपेर दोस्रो बजार प्रवेश गरिरहेका छन् । तर तिनै लगानीकर्ताले शेयर बेचेको पैसा समयमै प्राप्त गर्न नसक्दा समस्या झेल्नु परिरहेको गुनासो लगानीकर्ताको छ ।

 

धेरै लगानीकर्ताले शेयर बिक्री गरेको पैसा समयमै फिर्ता नपाएको गुनासो गर्ने गरेका छन् । ब्रोकरले आफ्ना नजिकका मान्छे र ठूला लगानीकर्तालाई धितो राखिदिने, उधारोमा शेयर खरिद गर्न दिनेजस्ता आरोप लगानीकर्ताको छ । कतिपय लगानीकर्ताहरू त आफूहरूको पैसामा ब्रोकरले रजाइँ गरेको भन्दै आक्रोशित देखिन्छन् । यो समस्या नौलो भने होइन । लगानीकर्ताले वर्षौँदेखि यस्तै समस्या झेल्दै आइरहेका छन् । तर नियामक निकायले अनुगमन र कारबाही नगर्दा यो समस्या घट्नुको साटो झनै बढिरहेको छ ।

 

यता ब्रोकर कम्पनीहरू भने प्राविधिक समस्याका कारण समयमा भुक्तानी हुन नसकेको दाबी गर्छन् । ब्रोकर कम्पनीका सञ्चालकहरुमा नियतबस ग्राहकको रकम ढिला गर्ने मनसाय नहुने बताउँछन् । धेरै रकमको कारोबार हुँदा कतिपय अवस्थामा नभ्याइने, प्राविधिक समस्या हुने र ग्राहकको बैंक खाता नमिल्ने जस्ता ‘प्राविधिक समस्या’का कारण भुक्तानीमा ढिलाई हुने गरेको ब्रोकर कम्पनीहरू स्वीकार गर्छन् । भुक्तानीमा ढिलाई अथवा अन्य कुनै समस्या भएमा धितोपत्र बोर्डको गुनासो इकाइमा लगानीकर्ताले आफ्ना समस्याहरु टिपाउन सक्ने व्यवस्था छ । [email protected] मा इमेल गरी वा हटलाइन नम्बर १६६००१४४४३३ मा गुनासो टिपाउन सकिने बोर्डले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...