YouTube Link

समूह चरणको अन्तिम खेलमा आज, पहिलो खेलमा भारत र श्रीलंका तथा दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: काभा नेसन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

 

जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो । नेपालले लिगको पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा जितेको थियो । दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३-२ ले नतिजा सुम्पियो ।

 

सात अंक सहित भारत शीर्ष स्थानमा छ । समान अंकसहित इरान दोस्रो स्थानमा छ । यद्यपि, भारतले एक खेल कम खेलेको छ । भारतले लिग चरणको अन्तिम खेल सोमबार नै श्रीलंकासँग खेल्ने छ । श्रीलंकालाई पराजित गरे भारतले फाइनल प्रवेशका लागि सेमिफाइन यही टोलीसँग खेल्ने लगभग पक्का हुनेछ ।

 

लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । श्रीलंका ४ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । यदि श्रीलंकाले भारतलाई पराजित गरे र प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्समाथि नेपालले जित हासिल गरे समिकरण बद्लिन सक्छ । तर, भारत पराजित नभए नेपालले सेमिफाइनलमा इरानकै सामना गर्नुपर्ने हुन्छ । अहिलेसम्मको समिकरण हेर्दा नेपालले सेमिफाइनलमा इरान र भारतले श्रीलंकाको सामना गर्ने लगभग पक्का भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...