YouTube Link

बंगलादेशमा हिंसात्मक प्रदर्शन उग्र बन्दै,  एकैदिन मारिए ९१ जना, प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग

Facebook Link

एजेन्सीः बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको छ । आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन् ।

 

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ्न । भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।

 

आन्दोलनकारीहरूले  प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै ढाकामा मात्रै होइन विभिन्न जिल्लामा ठूलो प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ । आइतबार आन्दोलित समूह र सुरक्षाकर्मीबीच विभिन्न जिल्लामा भिडन्त समेत भएको थियो । त्यसमध्ये सिराजगन्जमा सबैभन्दा धेरै हताहती भएको बताइएको छ । त्यहाँ आइतबार कम्तिमा १८ जना मारिएका छन् । तीमध्ये १३ जना सुरक्षाकर्मी रहेको पनि बिबिसीले जनाएको छ ।

 

बंगलादेशमा  एकैदिन यति ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको यो पहिलोपटक हो । विद्यार्थीहरूको यही आन्दोलनमा गत जुलाई १९ मा ६७ जनाको मृत्यु भएको समाचार संस्था सिएनएनले लेखेको छ । आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन्। सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ । प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन् ।

 

आइतबारको प्रदर्शनपछि सुरक्षाका सबै निकाय प्रमुखहरूसँगको छलफलमा उनले प्रधानमन्त्रीको राजीनामा मागेर हिंसात्मक प्रदर्शन गर्नेहरू आतंककारी रहेको बताउँदै यस्ता प्रवृत्तिविरूद्ध लड्न नागरिकहरूलाई आह्वान गरेकी छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...