YouTube Link

गुडिरहेको माइक्रोबसमा रुख बजारिँदा ८ यात्रु घाइते

Facebook Link

धादिङ: पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

 

सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । गम्भीर घाइते ७१ वर्षीय वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।  राजमार्ग अवरुद्ध बनेका कारण काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
ट्रायल पास गर्नेले फोटो र क्यूआर कोडसहितको रसिद पाउने

ट्रायल पास गर्नेले फोटो र क्यूआर कोडसहितको रसिद पाउने

वि.सं.२०८१ भदौ २३ आइतवार ११:४३

काठमाडौं: सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र...

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

वि.सं.२०८१ भदौ २३ आइतवार ११:११

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाले कानुन कार्यान्वयन गर्न...

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

वि.सं.२०८१ भदौ २२ शनिवार १४:४३

काठमाडौं: सरकारले २१औँ निजामती सेवा दिवस २०८१ को अवसरमा विभिन्न...

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

वि.सं.२०८१ भदौ २२ शनिवार १४:२०

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...