YouTube Link

खेलकुदको कुम्भ मेला ३३औं पेरिस ओलम्पिक भव्य उद्घाटन

Khanepani Dhal
Facebook Link

एजेन्सीः विश्व खेलकुदको कुम्भ मेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर  उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ ।

 

उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागी भएका थिए । उनीहरु ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागी भएका थिए । उद्घाटन समारोहमा हल्का वर्षा भएपनि त्यसले समारोहलाई खासै प्रभाव पार्न सकेन ।

 

फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरेका थिए । फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए । उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागी थिए ।

 

पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।  श्यान्टु र मनितासहित पौडी खेलाडी एलेक्स शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाली टोलीका सेफ दि मिसिन टंक लाल घिसिङ लगायत डुङ्गामा सयर गरेका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका श्यान्टुले उद्घाटनको भोलीपल्ट शनिबार नै आफ्नो चुनौती पेश गर्दैछन् । यस्तै ब्याडमिन्टनका प्रिन्सको पहिलो खेल पनि शनिबार नै रहेको छ ।

 

पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...