YouTube Link

स्पेनले जित्यो युरोकप २०२४ को उपाधि

World Cup 2026
Facebook Link

 

एजेन्सी: इङ्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै स्पेनका लागि युवा खेलाडी लामिन यमालको पासमा निको विलियम्सले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो ।

 

खेलको ७३औं मिनेटमा इङ्ल्यान्डले कोल पालमरको गोलमा बराबरी गर्यो । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए ।

 

स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो । त्यसपछि स्पेन तीन सिजन छनोट हुन सकेन । १९८४ मा फाइनलमा पराजित भएको स्पेनले दोस्रो उपाधि जित्न २४ वर्ष कुर्न परेको थियो । स्पेनले २००८ मा स्विट्जरल्यान्ड आयोजित प्रतियोगितामा जर्मनीलाई पराजित गरेको थियो । त्यसको चार वर्षपछि पोल्यान्ड र युक्रेनले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा इटालीलाई पराजित गर्दै स्पेन तेस्रोपल्ट च्याम्पियन बनेको थियो ।

 

त्यसयताका दुई संस्करणमा सेमिफाइनल पार गर्न नसेकको स्पेनले इङ्ल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जतेको हो । जर्मनीले तीन र इटालीले दुईपल्ट मात्रै युरो कप जित्न सकेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...