YouTube Link

फाईनलका लागि स्पेन र फ्रान्सबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

 

एजेन्सी: यूरोकप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्सबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ ।

 

स्पेन र फ्रान्स दुवैले अतिरिक्त समयमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् । फ्रान्सलाई अन्तिम चारमा पुग्न पोर्चुगलविरुद्ध टाइब्रेकरसम्म खेल्नु परेको थियो । स्पेन आयोजक जर्मनीविरुद्धको क्वाटरफाइनलको ११९औँ मिनेटमा मिकेल मेरिनोको गोलले अघि बढेको हो । सेमिफाइनल पुग्ने क्रममा स्पेनका मिडफिल्डर पेड्री जर्मनीविरुद्धको खेलमा गम्भीर रूपमा घाइते भए । उनले अब बाँकीका खेल खेल्न सक्ने छैनन् । उनको स्थानमा डानी ओल्मोले खेल्नेछन् ।

 

सन् १९६४, २००८ र २०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए। युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेन पुगेको यो छैटौँ पटक हो। जसमध्ये स्पेन अन्तिम चारमा मात्र एक पटक हारेको छ । युरो-२०२० को सेमिफाइनलमा स्पेनले तत्कालीन च्याम्पियन इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो । फ्रान्सले पनि छैटौँ पटक सेमिफाइनल खेल्दैछ । जसमध्ये फ्रान्स तीन पटक फाइनलमा पुगेको छ । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग १-० ले हारेको फ्रान्सले सन् २०२२ को विश्वकपमा पनि अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१८ मा भएको विश्वकप भने फ्रान्सलाई फाइनलमा क्रोएसियालाई हराउँदै जितेको थियो ।

 

फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । यद्यपि पछिल्ला ८ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ । स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...