YouTube Link

फाईनलका लागि स्पेन र फ्रान्सबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

 

एजेन्सी: यूरोकप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्सबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा सुरु हुनेछ ।

 

स्पेन र फ्रान्स दुवैले अतिरिक्त समयमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् । फ्रान्सलाई अन्तिम चारमा पुग्न पोर्चुगलविरुद्ध टाइब्रेकरसम्म खेल्नु परेको थियो । स्पेन आयोजक जर्मनीविरुद्धको क्वाटरफाइनलको ११९औँ मिनेटमा मिकेल मेरिनोको गोलले अघि बढेको हो । सेमिफाइनल पुग्ने क्रममा स्पेनका मिडफिल्डर पेड्री जर्मनीविरुद्धको खेलमा गम्भीर रूपमा घाइते भए । उनले अब बाँकीका खेल खेल्न सक्ने छैनन् । उनको स्थानमा डानी ओल्मोले खेल्नेछन् ।

 

सन् १९६४, २००८ र २०१२ मा स्पेन तथा सन् १९८४ र २००० मा फ्रान्स युरो च्याम्पियन बनेका थिए। युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेन पुगेको यो छैटौँ पटक हो। जसमध्ये स्पेन अन्तिम चारमा मात्र एक पटक हारेको छ । युरो-२०२० को सेमिफाइनलमा स्पेनले तत्कालीन च्याम्पियन इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो । फ्रान्सले पनि छैटौँ पटक सेमिफाइनल खेल्दैछ । जसमध्ये फ्रान्स तीन पटक फाइनलमा पुगेको छ । सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग १-० ले हारेको फ्रान्सले सन् २०२२ को विश्वकपमा पनि अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो । सन् २०१८ मा भएको विश्वकप भने फ्रान्सलाई फाइनलमा क्रोएसियालाई हराउँदै जितेको थियो ।

 

फ्रान्स र स्पेनबीच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ । जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । यद्यपि पछिल्ला ८ खेलमा फ्रान्सले पाँचमा जित हात पारेको छ । स्पेन र फ्रान्सबीचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...