YouTube Link

स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

World Cup 2026
Facebook Link

 

एजेन्सी: स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाएका थिए ।

 

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

 

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।

 

त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेपेले आफ्नै हाफमा छुटाएको बल सेस्कोले अघि बढाएर प्रहार गरेपनि कोस्टाले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट बचाउ गरे ।

 

टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे ।

 

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...