YouTube Link

जर्जियालाई ४-१ गोल अन्तरले हराउँदै स्पेन क्वाटरफाइनलमा

Facebook Link

 

एजेन्सी: जर्जियाविरुद्ध ४-१ गोल अन्तरको पराकिलो जित निकाल्दैन स्पेन युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।

 

खेलमा जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरेपनि खेल बराबर गर्न भने ३९औं मिनेट कुर्नुपर्यो ।

 

दोस्रो हाफको ५१औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए । लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गरेका थिए । ७५औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे । जर्जियाको आक्रमण क्लियर गरेपछि सुरु भएको काउन्टरमा विलियम्सले मिडफिल्डबाट आफैं बल बढाउँदै पेनाल्टी क्षेत्र भित्र वान भर्सेस वानमा फिनिस गरे ।

 

खेलको ८३औं मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जित पक्का गरे । स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ । अर्को क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड खेल्ने पक्का भइसकेको छ । सोमबार हुने क्वाटरफाइनलमा फ्रान्सले बेल्जियम तथा पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...