YouTube Link

इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत टि-२० विश्वकपको फाईनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने

Khanepani Dhal
Facebook Link

 

एजेन्सी: भारत आइसिसी टि-२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

 

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १०३ रनमा समेटियो । इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए ।

 

जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए । स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए । त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने । क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए । जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए ।

 

टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे ।

 

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए । भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ फागुन १ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०७:०६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला स्वदेश फर्किइन्

वि.सं.२०८१ माघ ३० बुधवार १५:१८

काठमाडौं: नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

निजामती सेवा विधेयकको दफा ५ पास

निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४

काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ...

प्रहरी कुट्ने कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन

प्रहरी कुट्ने कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ ३० बुधवार १४:४५

काठमाडौं: गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र...

नसर्ने रोग सम्बन्धी निःशुल्क परीक्षण गर्ने तयारीमा सरकार

नसर्ने रोग सम्बन्धी निःशुल्क परीक्षण गर्ने तयारीमा सरकार

वि.सं.२०८१ माघ ३० बुधवार १४:३५

काठमाडौं: फागुन १ गतेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग...