YouTube Link

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाईनलमा

Khanepani Dhal
Facebook Link

 

एजेन्सी: अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

 

टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै मात्र ५६ रनमा अलआउट भएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । पहिलो ओभरमा मार्को यान्सनले रहमनुल्लाह गुर्बाजको विकेट लिँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुवात दिलाए । समग्रमा दक्षिण अफ्रिकाका लागि यान्सन र तबरेज साम्सीले ३-३ तथा कागीसो रबाडा र एन्रिक नोर्कियाले २-२ विकेट लिए ।

 

जवाफमा दक्षिण अफ्रिकाले नवौं ओभरमा लक्ष्य पूरा गर्यो । दोस्रो ओभरमा क्विन्टन डी ककलाई गुमाएपनि रिजा हेन्डरिक्स र कप्तान एडन मारक्रमले टोलीलाई जित्सम्म पुर्याए । हेन्डरिक्सले २९ तथा मारक्रमले २३ रनको इनिङ खेले । आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समय अनुसार रातको ८:१५ बजे सुरु हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

वि.सं.२०८२ असार २५ बुधवार १४:१४

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८२ असार २४ मंगलवार ०७:१७

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो...

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०८२ असार २४ मंगलवार ०७:०३

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी टेबुल गरिने

वि.सं.२०८२ असार २३ सोमवार ०८:०६

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार २३ सोमवार ०७:४९

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...