YouTube Link

वेस्ट इन्डिजमाथि  इङ्ल्यान्डको ८ विकेटको फराकिलो जित

Facebook Link

 

एजेन्सी: आइसिसी टि-२० विश्वकप सुपर एट चरणको खेलमा इङ्ल्यान्डले घरेलु टोली वेस्ट इन्डिजमाथि ८ विकेटको फराकिलो जित दर्ता निकालेको छ ।

 

इङ्ल्यान्डलाई वेस्ट इन्डिजले दिएको १८१ रनको विशाल लक्ष्य १५ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो । इङ्ल्यान्डका ओपनर फिल साल्ट ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रनमा अविजित रहे । जोन्नी बेयर्सटो पनि २६ बलमा ५ चौका र २ छक्का सहित ४८ रनमा नटआउट रहे । अर्का ओपनर जस बटलरले २५ तथा मोइन अलीले १३ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले १-१ विकेट लिएका थिए ।

 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले ३४ बलमा बनाएको ३८ रन नै सर्वाधिक रहेको थियो । कप्तान निकोलस पुरनले ३२ बलमा ३६ रन बनाएका थिए भने रोभ्मन पावेलले १७ बलमा ३६ रन बनाएका थिए । शेरफान रदरफोर्डले २८ तथा ब्रेन्डन किंगले २३ रन जोडे ।

 

इङ्ल्यान्डका जोफ्रा आर्चर, आदील राशिद, मोइन अली र लियाम लिभिङस्टनले समान १-१ विकेट लिए । इङ्ल्यान्डले सुपर एटको दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध शुक्रबार खेल्नेछ भने वेस्ट इन्डिजको दोस्रो खेल अमेरिका विरुद्ध शुक्रबार राती नै हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:०९

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको...

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:४६

काठमाडौं: ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख...

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:२३

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम...

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...