Health Ad
YouTube Link

आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डको ऐतिहासिक जित

Khanepani Dhal
Facebook Link

 

एजेन्सी: आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो । विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो ।

 

ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा ४ चौका र १ छक्का सहित २४ तथा अर्का ओपनर फिल साल्टले ३ बलमा २ छक्का सहित १२ रन बनाए । जोनी बेयर्स्टो ८ रनमा अविजित रहे । विल ज्याक्सले ५ रन बनाए । ओमानका बिलाल खान र कलिमुल्लाहले १-१ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अलआउट भयो । ओमानका सोएब खानले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका लागि आदिल राशिदले ४ तथा जोफ्रा आर्चर र मार्क वुडले ३-३ विकेट लिए ।

 

समूह ‘बी’ मा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ । यस्तै स्कटल्यान्डको ३ खेलमा ५ तथा इङ्ल्यान्डको ३ खेलमा ३ अंक छ । नामिबियाको ३ खेलमा २ अंक छ । ओमानले ४ खेलमा विना अंक टि-२० विश्व कपको यात्रा अन्त्य गरेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...