YouTube Link

रियलले उचाल्यो कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि

Khanepani Dhal
Facebook Link

 

एजेन्सी: रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

 

लन्डनस्थित वेम्ब्ली स्टेडियममा गएराती भएको खेलमा डर्टमुण्डलाई हराउँदा रियलको यो कीर्तिमानी १५औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

 

कार्भाजालले ७४औं र जुनियरले ८३औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा जुनियरले गोल गरेका हुन् । यो सिजनमा सबै खाले प्रतियोगितामा गरि जुनियरको त्यो २४ औं गोल हो ।

 

रियलभन्दा पछि च्याम्पियन्स लिगमा एसी मिलानको ७ उपाधि छ । डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...