YouTube Link

पहिलो अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित

Facebook Link

काठमाडौं: आइसिसी टि-२० विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको छ । क्यानाडाले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा समेटियो ।

नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात गरेपनि ठूलो स्कोर भने बनाउन सकेनन् । चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे । अनिल साहले १६ बलमा २४ रन बनाए । ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाए । सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल १ रनमा आउट भए । गुलशन झा र अविनाश बोहोरा शून्यमा पेभेलियन फर्किए ।

क्यानाडाका लागि डिलन हेलिगर एक्लैले ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए । कलिम सना र पर्गत सिंहको नाममा १-१ विकेट रह्यो ।

नेपालले दोस्रो अभ्यास खेल अमेरिकासँग मे ३० मा खेल्नेछ । जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...