कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने
वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४
2K
shares
एजेन्सी: भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । पहिलो क्वालिफायर आज राति ७:४५ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ । पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ ।
कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ । ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४


















