आठौं केबिन रोहन उपत्यका किकबक्सिङ प्रतियोगिता आजदेखि शुरु

वि.सं.२०८० फागुन १८ शुक्रवार २१:५८
1.7K
shares
काठमाडौं: नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सिङ संघद्वारा आयोजित ८औं केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ ।

काठमाडौंस्थित दक्षिणकाली-१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८औं केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका थिए ।

प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोलले उक्त प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगितामा नेपालका सातै प्रदेश र भारतले पनि सहभागी जनाउने छन् ।

प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्योकोसिन काईकान अलाइट संघका अध्यक्ष पेटर ल्वल, उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते-दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष (कान्चो) बेरी जोनस्टोन सहभागी थिए । प्रतियोगिताको अध्यक्षता विनोद गुरुङले गरेका थिए । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
तस्बीरः प्रदीप कुमार श्रेष्ठ


वि.सं.२०८० फागुन १८ शुक्रवार २१:५८