चेल्सीलाई हराउँदै लिभरपुलले उचाल्यो कारबाओ कपको उपाधि
वि.सं.२०८० फागुन १४ सोमवार ०७:५८
1.8K
shares
काठमाडौं: लण्डन क्लब चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ । आईतबार भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोल अन्तरले पराजति गर्यो ।
लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको खेल सकिन दुई मिनेट अघि डाइकले लिभरपुलका लागि विजयी गोल गरे ।
चेल्सीले निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखेपनि उसले गोल निकाल्न सकेन । उसका केही प्रहार पोस्टमा लागेर फर्किएका थिए । खेलको सुरुवातमै लिभरपुलको अग्रताको अवसर गुमाएको थियो । डाइककै हेडमार्फत गरेको गोललाई रेफ्रीले भारमार्फत अफसाइड दिएका थिए ।
वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि हासिल गरेको छ । यसअघिका दुई फाइनल पेनाल्टी सुटआउटमा जितेपनि लिभरपुलले कारबाओ कपको उपाधि अतिरिक्त समयमै हासिल गर्न सफल रह्यो ।
वि.सं.२०८० फागुन १४ सोमवार ०७:५८




















