एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

 

काठमाडौं: क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

 

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्‍याए ।

 

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

 

नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए । अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।

 

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए । उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए ।

 

 

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन जोड्यो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए । धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए ।

 

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो । निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे । हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

 

 

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए । डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

 

नेपालले आजको खेलमा ४ परिवर्तन गरेको थियो । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किए । हेमन्तले खेलमा डेब्यु गरे ।

 

 

 

Nishana Seving AD

Alice Education home sports
आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

वि.सं.२०८० फागुन १३ आइतवार १७:२६

  काठमाडौं: कवि अमरदीप सुनुवारको एकल कविता वाचन कार्यक्रम सम्पन्न...

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

वि.सं.२०८० फागुन १३ आइतवार १६:५७

  काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

आजदेखि ७५ जिल्लामा दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

वि.सं.२०८० फागुन १३ आइतवार ०८:०९

  काठमाडौं: सरकारले आजदेखि जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा...

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

वि.सं.२०८० फागुन १३ आइतवार ०७:४५

  काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग...

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

प्यालेस्टाइनलाई हराउँदै नेपाल बन्यो समुह विजेता

वि.सं.२०८० फागुन १३ आइतवार ०७:०८

  काठमाडौं:  वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बन्दै...

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० फागुन १३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८० फागुन १३ आइतवार ०६:३७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...