YouTube Link

उपाधिका लागि आज आर्मी र थ्रीस्टार भिड्दै

World Cup 2026
Facebook Link

 

पोखरा: पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच उपाधिका लागि भिड्दैछन् । यी दुईबीचको खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

 

थ्रीस्टार क्लबले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० र विभागीय टोली नेपाल आर्मीले सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै थ्रीस्टारले उपाधि उचालेको थियो ।

 

थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जितिसकेको छ । नेपाल आर्मीको यो १५औं सहभागिता हो । यसअघि ४ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित बनेको थियो । आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेर उपविजेता बनेको छ । थ्रीस्टार भने यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेकोमा २०७४ मा बाहेक सबै फाइनलमा विजयी भएको छ ।

 

यसपटकको उपाधि जिते दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ । नेपाल आर्मी आफ्नो हारको श्रृंखला ब्रेक गर्न चाहन्छ भने थ्रीस्टार आहाराराको सर्वाधिक विजेता टोलीमा आफूलाई सामेल बनाउन चाहन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...