पुलिस र आर्मी उपाधिका लागि भिड्दै
वि.सं.२०८० माघ २० शनिवार ०८:१७
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । यी दुईबीचको उपाधि भिडन्त टियु क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ ।
पुलिस अपराजित रहँदै फाइनल पुगेको हो भने आर्मी ७ खेलमा जित र २ खेलमा हार सहित उपाधिका लागि फाइनलमा प्रवेश गरेको हो । लिग चरणमा आर्मीलाई पुलिसले १३ रनले पराजित गरेको थियो । पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् भने आर्मीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
वि.सं.२०८० माघ २० शनिवार ०८:१७




















