उज्बेकिस्तानमाथि जित्नै पर्ने दबाबमा भारत
वि.सं.२०८० माघ ४ बिहीवार १२:३१
1.6K
shares
एजेन्सी: एएफसी एसियन कप फुटबलमा भारतले आज आफ्नो दोस्रो खेल उज्बेकिस्तानसँग खेल्दैछ । पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको भारतले आजको खेल जित्नै पर्ने दबाब छ ।
आजको खेलमा भारत पराजित स्वत बाहिरिनेछ भने बराबरी भएमा अर्को खेलको नतिजालाई कुर्नुपर्ने अवस्था हुनेछ । भारत र उज्बेकिस्तानबीचको खेल नेपाली समय अनुसार राति ८:१५ बाट सुरु हुनेछ ।
समूह ‘बी’ अन्तर्गत समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले सिरियासँग खेल्ने छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बाट सुरु हुनेछ ।
वि.सं.२०८० माघ ४ बिहीवार १२:३१



















