YouTube Link

कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

 

विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिसन र संचालन नाफा बढेको छ, जसले गर्दा खुद नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ ।

 

पुस मसान्तसम्ममा बैंकको नेट फि तथा कमिसन २५.६६ प्रतिशत बढेर १२ करोड ३२ लाख र संचालन नाफा ३२.२४ प्रतिशत बढेर २१ करोड १९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा कोषमा पनि १ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ राखेको छ ।

 

बैंकको निक्षेप संकलन पनि ५.२८ प्रतिशत वृद्धि भई ५६ अर्ब २९ करोड ६४ लाख पुगेको छ । तर, कर्जा पवाह भने झिनो (०.३० प्रतिशत) वृद्धि भई ४३ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खराब कर्जा पनि सुधार भएको छ । गत वर्षको दोस्रो त्रैमासमा ३.७० प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा भने ३.४२ प्रतिशतमा झरेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १५१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...