YouTube Link

एनएसएलको उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ । भिडन्त त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।

 

धनगढी एफसीले पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा पुगेको हो । ललितपुरले भने पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो । धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पक्षलाई स्मरण गर्दै यो सिजनमा उपाधिका लागि तयारी गरेको बताएका छन् । ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन् ।

 

एनएसएलको दोस्रो संस्करणमा ९ टिम समावेश थिए । प्रतियोगिताको विजेताले नगद ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गरेको हो । एनएसएलमा देशभरका ९ कर्पोरेट हाउस तथा ब्यक्तिले किनेका टिम समावेश छन् ।

 

एनएसईएमको ट्रफी अनावरणका क्रममा अभिनेता दयाहाङ राई, भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ भुटिया, राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, कार्यक्रममा एनएसएमकी अध्यक्ष आश्रयता कार्की चौधरी र एनएसएलका ब्रोडकास्टिङ डाईरेक्टर युपेश प्रधान ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...