YouTube Link

इलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५:३० बजे हुनेछ ।

 

प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । तेस्रो स्थानको काठमाडौंले ८ खेलबाट ३ खेलमा जित र ३ खेलमा बराबरीको नतिजा ल्याएको छ । यस्तै, दुई खेलमा हार बेहोरेर  १२ अंक जोड्दै उसले प्लेअफमा स्थान बनाएको हो ।

 

चौथो स्थानको ललितपुरले लिग चरणमा २ जित, ४ बराबरी र २ खेलमा हार बेहोरेको छ । यसअघि लिग चरणको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो । आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थण्डर्ससँग खेल्ने छ ।

 

यसअघि धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै धनगढी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

 

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । निर्धारित र अतिरिक्त समयको खेलमा दुई पटक खेलमा पुनरागमन गर्न सफल भएको धनगढीले टाइब्रेकरमा समेत उत्कृष्ट कमब्याक गर्न सक्यो ।

 

खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई टाइब्रेकरमा पुर्याएका अहमद हिजाजी पेनाल्टी सुटआउटमा चुकेका थिए । तर गोलकिपर मोहमद टाहाले उत्कृष्ट खेल प्रर्दशन गर्दै साविक उपविजेता धनगढीलाई फाइनल यात्रा तय गराए । उनले पेनाल्टी सुटआउटमा पोखराका दुई उत्कृष्ट फरवार्डको प्रहारलाई रोक्न सफल भए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...