YouTube Link

आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

 

लाखे टिम ललितपुरलाई लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । ललितपुर ५ अक सहित दोस्रो स्थानमा छ । बिरगञ्जलाई हराएको खण्डमा ललितपुरले शीर्ष स्थानको धनगढीलाई दोस्रो स्थानमा झार्न सक्छ, आफु शीर्ष स्थानमा उक्लिन सक्छ । तुलनात्मक रुपमा बिरगञ्ज एनएसएलमा कमजोर देखिएको छ । सुरुवाती दुई खेलमा हार ब्यहोरेको बिरगञ्ज अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

 

ललितपुरले अघिल्लो खेलमा लगातार दुई खेलमा जित निकालेको धनगढीलाई रोक्न सफल भएको थियो । ललितपुरले भने पछिल्लो तीन खेलमा १ मा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ । ललितपुरको ५ अंक र शीर्ष स्थानको धनगढीको ७ अंक छ ।

 

नवप्रवेशी बिरगञ्जले एनएसएलमा लय भेट्टाउन सकेको छैन । सर्वाधिक रकम खर्च गरेर अक्सनबाट एनएसएलमा छिरेको बिरगञ्जसँग घरेलु फुटबलका परिचित अनुहार छन्, तर नतिजा देखिएको छैन । घरेलु फुटबलमा प्राप्त अनुभव बिरगञ्जको एनएसएलमा लागु हुन सकेको छैन । प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिरगञ्जले हारको श्रृङ्खलालाई ब्रेक गर्न कोशिश गर्नेछ । त्यसका लागि चमत्कारी प्रर्दशन र नतिजा बिरगञ्जको टिमलाई चाहिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...