YouTube Link

अर्जेन्टिनालाई सुपरक्लासिकोको उपाधि

World Cup 2026
Facebook Link

काठमाडौं: कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको हो ।

मेस्सीले खेलको १३औ मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर मेस्सीको पेनाल्टी प्रहार गोलरक्षक एलीसनले बचाए । मेस्सीले रिबाउन्डमा गोल गरेका थिए । अर्जेन्टिनाले अग्रता लिनुभन्दा ३ मिनेट अगाडि ब्राजिलले पनि पेनाल्टी अवसर खेर फालेको थियो ।

फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । जेससको प्रहारले गोलरक्षक गलत दिशामा डाइभ दिएपनि पोस्टभन्दा बाहिर गएको थियो । ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन । मेस्सी झन्डै चार महिनापछि अर्जेन्टिनी जर्सीमा देखिएका हुन् । कोपा अमेरिकामा रेफ्रीविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई कन्काकाफले प्रतिबन्ध लगाएको थियो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...