पहिलो पटक फिनल्याण्ड युरोकपमा छनोट
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३१
1.1K
sharesएजेन्सी: फिनल्याण्ड युरोकपमा छनोट भएको छ । तिमु पुक्कीको नायकत्वमा फिनल्याण्ड कुनै पनि ठुलो प्रतियोगितामा पहिलो पटक छनोट भएको हो । छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा शुक्रबार राति लिचेस्टाईनलाई ३–० ले हरायो । फिनल्याण्ड मुख्य प्रतियोगिता नखेल्ने एकमात्र उत्तरी युरोपेली देश रहदै आएको थियो ।
तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए । कुनै ठुलो प्रतियोगितामा छनोट भएर फिनल्याण्डले इतिहास रचेको छ ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०९:३१