YouTube Link

नेपाल र यमन आज भिड्दै, दर्शकलाई घर फर्कन निःशुल्क बस सेवा

Facebook Link

 

काठमाडौं: फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा आज नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुईबीचको खेल साँझ ७ बजे सुरु हुने छ । एएफसी एशिया कप २०२७ का रूपमा समेत हेरिएको यो खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ ।

 

यमन फिफा वरीयतामा नेपालभन्दा १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ । नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन थियो ।

 

एन्फाले टिकट आफै बिक्री गर्ने, घर फर्कदा दर्शलाई निःशुल्क बस सेवा

विश्वकप छनोटको यमनविरुद्धको खेलको टिकट एन्फाले आफै बिक्री गर्ने भएको छ । एन्फाले सोमबार बिज्ञप्ति निकाल्दै टिकट आफैले व्यवस्थापन गरेर बिक्री गर्ने जनाएको हो । यसअघि एन्फाले खुल्ला टेन्टरमार्फत टिकट बिक्री गर्दै आएको थियो ।

 

एन्फाले साधारण प्यारापिटतर्फ ४ सय र भिआईपी प्यारापिटतर्फ १ हजार टिकट दर कायम गरेको छ । खेल हेरर घर फर्कने दर्शकलाई एन्फाले विभिन्न रुटमा १५ वटा निःशुल्क बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।

 

एन्फाले दोस्रो चरणको सम्पुर्ण खेलको कमर्सियल र मिडिया अधिकार सिंगापुरस्थित स्पोर्ट फाइभलाई दिईसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...