YouTube Link

नेपालले दियो ओमानलाई जितको लागि १८५ रनको लक्ष्य

Facebook Link

 

काठमाडौं: कप्तान रोहित पौडेल र अलराउण्डर गुल्शन झाको अर्धशतक मद्दतमा घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा जितका लागि ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रनको योगफल तयार पारेको हो । नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

 

सुरुवाती १० ओभरमा ६०-४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा ११८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो । गुलशनले २० बलमा आफ्नो टि-२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । रोहितले ३६ बलमा टि-२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए ।

 

 

बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए । कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए । कुशल भुर्तेल २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

 

सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरेका थिए । कुशल मल्ल ३ रनमा बोल्ड आउट भए । नेपाल १० ओभरमा ६०-४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेलमा फर्किएको थियो । बिलाल खानको बलमा गुलशन स्लिपमा सकिल अहमदबाट क्याच आउट भएका थिए । बिलालकै बलमा विवेक यादव एक रनमा कट एण्ड बोल्ड आउट भए ।

 

 

ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सुरुवाती ३ ओभरमा ६ रन खर्चेका जिशानले अन्तिम ओभरमा २१ रन खर्चेका थिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले ४ ओभरमा ६३ रन खर्चिदा विकेट लिन सकेनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...