भूकम्पबाट सात वटा जिल्लाका तीन हजार ७७० घरमा क्षति, जाजरकोटमा मात्रै तीन हजार ६ सय घर भत्किए

वि.सं.२०८० कात्तिक १९ आइतवार १४:०२

काठमाडौं: शुक्रबार राति गएको भूकम्पबाट ७ वटा जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको गृह मन्त्रालयका जनाएको छ । ती मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएका जनाएको छ ।
सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन् । यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ ।
यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ । बैतडीमा एउटा घर भत्किएको छ । मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ ।
भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालय अन्तरगतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ । हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।
मृतक सबैभन्दा धेरै जाजरकोटका १०५ जना रहेका छन् । त्यहाँ ११२ जना घाइेत भएका छन् । त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । यता, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १४:०२