YouTube Link

साउदीलाई ३०१ रनको विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

Facebook Link

 

काठमाडौं: अर्जुन कुमालको कीर्तिमानी शतक र दीपेश कडेलको घातक बलिङमा साउदी अरेबियाविरुद्ध विशाल जित हासिल गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

बिहीबार भएको खेलमा नेपालले साउदीलाई ३०१ रनको विशाल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । समूह एमा रहेको नेपाल अपराजित रहँदै समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो । नेपालले ३ खेलबाट ६ अंक बनाउँदै समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

 

नेपालसँगको हारसँगै साउदी दोस्रो स्थानमा रहेर बाहिरिएको छ । बहराइन तेस्रो र इरान चौथो स्थानमा रहँदै उनीहरुले प्रिमियर कपको यात्रा सकाएका छन् । नेपालले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा मात्र ४६ रनमा अलआउट भयो ।

 

नेपालका दीपेश कँडेल एक्लैले ६ विकेट लिए । घातक बलिङ गरेका उनले ९.१ ओभरमा मात्र १८ रन खर्चे । आकाश चन्दले २ तथा सुवास भण्डारीले एक विकेट आफ्नो नाममा गरे । नेपालका बलरसामु साउदीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालविरुद्ध साउदीका वरुण सराभननले बनाएको ११ रन नै साउदीका लागि सर्वाधिक रह्यो । अब्दुल सिराजले ९ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

त्यसअघि साउदीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३४७ रनको विशाल योगफल तयार पारेको हो । साउदीविरुद्ध ओपनर अर्जुन कुमालले १४२ रनको शतकिइ पारी खेले । १११ बलको सामना गरेका अुर्जनले १७ चौका र २ छक्का हाने ।  यू-१९ टोलीबाट दुई शतक हान्ने अजुर्न दोस्रो खेलाडी हुन्। यसअघि कप्तान देव खनालले दुई शतक हानेका थिए ।

 

दोस्रो विकेटका लागि अर्जुन र आकाशले १६२ बलमा १८९ रनको आक्रमक साझेदारी गरे । अर्जुन ३९औं ओभरको तेस्रो बलमा मोहम्मद अहमद राजाको बलमा मुहम्मद गायोर अहमदको हातबाट क्याच आउट भए । आकाश ९ रन बनाउँदा क्याच आउट भए । ९ बलको सामना गरेका आकाशले ६ चौका र २ छक्का प्रहार गरे ।

 

त्यसअघि ओपनर दीपक बोहोरा २९ रनमा क्याच आउट भएका थिए । पहिलो विकेटका लागि अर्जुन र दीपकले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीपकप्रसाद डुम्रे १४ रन बनाउँदा एलबीडब्लु धरापमा परे । दीपेश कँडेल १४ रनमा क्याच आउट भए । मिलन बोहोरा ९ रनमा एलबीडब्लु धरापमा नै पर्दै पवेलियन फर्के ।

 

कुवेतका मुहम्मद राजा र मुहम्मद गायोर हमदलले समान २ विकेट लिए । जुहैर मुहम्मद र शाजिद शहमाले एक–एक विकेट आफ्नो नाममा गरे । प्रिमियर कपको समूह चरणमा ३ सयभन्दा बढी रन कटाउने नेपाल पहिलो टोली हो । प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसामु ३५३ रनको योगफल तयार पारेको थियो ।

 

समूह चरणको पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा इरानलाई ७ विकेटले हराएको थियो । प्रिमियर कपमा चार समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने २ टोली र तेस्रो स्थानमा रहने टोली गरी तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

 

सेमिफाइनल खेल कार्तिक ५ गते हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष स्थानमा रहने टोलीबीच स्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष स्थानमा रहने टोली भिड्नेछन् । फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...