YouTube Link

हङकङलाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

Facebook Link

 

काठमाडौं: नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक त्रिदेशीय टि-२० आई सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

 

हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा क्याच आउट भए । ३४ बलको सामना गरेका आशिफले ६ चौका हाने । कप्तान रोहित पौडेल २ छक्का र गुलसन झा १४ रनमा नटआउट रहे । २० बलको सामना गरेका रोहितले १ चौका र २ छक्का हाने। गुलसनले ५ बलमा २ छक्का प्रहार गरे ।

 

ओपनर कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए । सन्दिप जोरा ३ तथा कुशल मल्ल १ रनमा बोल्ड आउट भए । हङकङका इसान खानले ३ विकेट लिए। यासिम मुर्तजाको नाममा एक विकेट रह्यो ।

 

 

त्यसअघि मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो । नेपालका करण केसी एक्लैले चार विकेट लिए । किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए ।

 

करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे । अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए । इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे । अविनास बोहोरा र सोमपाल कामीले समान दुई विकेट आफ्नो नाममा गरे। कुशल मल्ल, मौसम ढकालले समान एक एक विकेट लिए ।

 

हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने । जिसान अलीले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । डबल राउण्ड रोविनमा हुने सिरिजको शीर्ष २ मा रहने टोलीले फाइनलमा भिड्नेछन् । नेपालले सिरिजको अर्को खेलमा शनिबार युएईसँग खेल्नेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...