हङकङले दियो नेपाललाई दियो ९५ रनको लक्ष्य
वि.सं.२०८० कात्तिक २ बिहीवार १२:४४
3.1K
shares
काठमाडौं: करण केसीको घातक बलिङमा युएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा अलआउट भयो । नेपालका करण केसी एक्लैले चार विकेट लिए । किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए ।
करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे । अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए । इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे ।
अविनास बोहोरा र सोमपाल कामीले समान दुई विकेट आफ्नो नाममा पारे । कुशल मल्ल, मौसम ढकालले समान एक विकेट लिए । हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए । ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने । जिसान अलीले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन ।
वि.सं.२०८० कात्तिक २ बिहीवार १२:४४




















